कमल थापा नेतृत्वको बैधानिकता माथी प्रश्न उठाउदै परेको रिट खारेज

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १९ : २१
कमल थापा नेतृत्वको बैधानिकता माथी प्रश्न उठाउदै परेको रिट खारेज

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा नेतृत्वको बैधानिकता माथी प्रश्न उठाउदै उच्च अदालत पाटनमा परेको रिट निबेदनलाई आज उच्च अदालतले खारेज गरेको छ । 

उच्च अदालत पाटनले राप्रपा नेपालका अध्यक्ष कमल थापा, उपाध्यक्ष लाक्पा तामाङ, सहमहामन्त्री आराम तामाङ र निर्वाचन आयोग विरुद्ध प्रदिप विक्रम राणाले राप्रपा नेपालको नेतृत्व दाबी गर्दै  दायर गरेको मुद्दामा न्यायाधीशद्वय दीपेन्द्र बहादुर बम र नारायण प्रसाद पौडेलको संयुक्त इजलासले आज सुनुवाई गर्दै उक्त मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।

राप्रपा नेपाल र कमल थापाको पक्षबाट बहस गर्ने अधिबक्ताद्वय  नरप्रसाद थापा र भुपेन्द्र पोखरेलले रिट खारेज भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस