राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १९ : ५५
राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन्। दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको विधेयकले उनले फिर्ता गरेकी हुन्।

गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारी समक्ष पेश गरेका थिए। विधेयक पुनःविचार गर्नुपर्ने भएकाले फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।