नेपाल टी–ट्वान्टी लिगको तयारी तीव्र

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, १९ : ०९
नेपाल टी–ट्वान्टी लिगको तयारी तीव्र

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको सफल आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले तयारीलाई तीव्रता दिएको छ ।

क्यानले पहिलो संस्करणको प्रतियोगिताका लागि खेलाडी छनोटदेखि मैदान मर्मतलगायतको कामलाई तीव्र रूपमा अघि बढाएको हो । प्रतियोगिता सुरु हुन अब करिब डेढ महिना बाँकी छ ।

टीयु क्रिकेट मैदानमा आयोजना हुने पहिलो संस्करणको प्रतियोगिता असोज ८ बाट कात्तिक ५ गतेसम्म हुनेछ । लिगको गर्भनिङ काउन्सिलका एक सदस्यले खेलाडी ड्राफ्टको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

वर्षात मौसमको कारण मैदान सुधारको काममा केही समस्या आए पनि गर्व गर्न लायक प्रतियोगिता बनाउने गरि तयारी भएको आयोजकले जनाएको छ । क्यानले प्रतियोगितामा विभिन्न ६ शहरका ६ टोलीको सहभागीता रहने जनाएको छ । क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस