‘इन्डियन पुलिस फोर्स’को सुटिङका ​​क्रममा शिल्पा घाइते

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १३ : १२
‘इन्डियन पुलिस फोर्स’को सुटिङका ​​क्रममा शिल्पा घाइते

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा शेट्टीको ‘इन्डियन पुलिस फोर्स’ वेव सिरिजको सुटिङका ​​क्रममा खुट्टा भाँचिएको छ ।

शिल्पाले अस्पतालबाट आफ्नो तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । जसमा उनी ह्वील चेयरमा बसेकी छन् । शिल्पाको आगामी वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ को सुटिङका ​​क्रममा उनको देब्रे खुट्टा भाँचिएको हो ।

सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘रोल, क्यामरा र एक्सन भन्दा मेरो खुट्टा भाँचियो। अब ६ हप्तासम्म म कुनै एक्सन गर्न पाउँदिनँ। तर जब फर्केर आउँछु तब पहिलेभन्दा राम्रो भएर आउँछु। तबसम्मका लागि मलाई प्रार्थनामा सम्झिनुहोला प्रार्थनाले सबै राम्रो हुनेछ ।’

प्रतिक्रिया दिनुहोस