तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १६ : ३४
तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहित दुईवटा विधेयक पारित गरेको छ । बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्यांक विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको हो । 

उक्त विधेयक पारित गरिनुअघि दफावार छलफल भएको थियो । दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधयेकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख सापकोटाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस