कोरोना अपडेट : थप ७१० जनामा संक्रमण, दुई जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १६ : २८
कोरोना अपडेट : थप ७१० जनामा संक्रमण, दुई जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६२ पुगेको छ।

बिहीबार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार २३६ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर २ हजार ५४१ पीसीआर तथा २ हजार ४८४ एन्टिजेन परीक्षण भएको छ।