सर्लाही । सर्लाहीको बलरा नगरपालिका–७ डुमरियामा हिजो बेलुकी दुई वटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
हिजो बेलुकी साढे ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते अवस्थामा भारत घर भएका अन्दाजी ३५ वर्षीय शंकर पासवान र २७ वर्षीय रोशन पासवान भेटिएका थिए ।
दुवै घाइतेलाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता
बर्दघाटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते
सवारी दुर्घटनामा उदयपुरमा १ जनाको मृत्यु
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते
जर्मनीमा रेल दुर्घटना : तीन जनाको मृत्यु, कयौँ घाइते