बाँकेको कोहलपुरमा आफ्नै घरमा दम्पती मृत फेला

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, ०८ : ०५
बाँकेको कोहलपुरमा आफ्नै घरमा दम्पती मृत फेला

काठमाडौं । बाँकेमा एक दम्पत्ती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा दम्पती मृत फेला परेका हुन् । 

आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ । 

कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको  छ । उनीहरुको हत्या भएको आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस