चितवन प्रशासनले बढायो मजदुरको ज्यालादर

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, १७ : ४७
चितवन प्रशासनले बढायो मजदुरको ज्यालादर

चितवन ।  जिल्ला प्रशासन कार्यालय चितवनले दैनिक ज्यालादारी मजदुरको ज्याला बढाएको छ । प्रशासनले चालु आर्थिक वर्ष २०७९/८० का लागि नयाँ निर्माण सामग्री तथा कामदारको दररेट सार्वजनिक गरेको हो ।

प्रशासनले गत वर्षको तुलनामा यसवर्ष निर्माण सामाग्री र श्रमिकको ज्यालामा १० प्रतिशतसम्म वृद्वि गरेको हो । ज्यालादारी गरेर दैनिक जीविकोपार्जन धान्र गाह्रो भएका कारण श्रमिकको ज्यालादर बढाएको सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माले जानकारी दिए ।

प्रशासनले गत वर्ष अदक्ष कामदारको ज्यालादर दैनिक ७१० रुपैयाँ निर्धारण थियो भने अहिले बढाएर ७६५ रुपैयाँ तोकेको छ । त्यस्तै सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्ट्रिसियन, ग्यावियन वा सो सरहका दक्ष कामदारको गत वर्ष ९९० रुपैयाँ थियो भने अहिले एक हजार ६५ रुपैयाँ कायम भएको छ । सुपरभाईजर जनरलको दैनिक ८२५ रुपैयाँ कायम भएकोमा अहिले ८८५ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस