काठमाडाैँ। नयाँ नेपाली फिल्म 'राधा (द सेक्रेट अफ राधा)'को ट्रेलर सार्वजनिक भएको छ। सुवर्ण थापाको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। फिल्ममा केन्द्रीय पात्र राधाको भूमिकामा सृष्टि श्रेष्ठ देखिएकी छन्। विदेश गएर सम्पर्कविहीन भएको श्रीमानको पर्खाइमा रहेकी गर्भवती महिला राधाको कथा फिल्ममा देखाइएको छ।
फिल्ममा सृष्टि बाहेक सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, दिव्य देव, बुद्धि तामाङ, मेनुका प्रधान लगायतका कलाकारको पनि अभिनय रहेको छ। आइतबार सार्वजनिक भएकाे ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
भदौ १० देखि फिल्म प्रदर्शनमा आउँदैछ। थापाको निर्देशनमा बनेको 'सुनगाभा' यसअघि नै प्रदर्शनमा आइसकेको छ भने अर्को फिल्म 'म' प्रदर्शनको तयारीमा रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १५ : ३१
लेखकबाट थप