नागरिकता विधेयक आजै पारित हुने

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, ०९ : ४९
नागरिकता विधेयक आजै पारित हुने

काठमाडौँ  । नागरिकता विधेयक आजै पारित हुने भएकाे छ। प्रतिनिधि सभाको आज (शुक्रबार) बस्ने बैठकले ‘फास्ट ट्रयाक’मार्फत आजै नागरिकता विधेयक पारित गर्ने तयारी गरेकाे हाे।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफलका लागि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ पेस गर्ने कार्यसूची समेत रहेको संघीय संसद्‌का महासचिव डा भरतराज गौतमले बताएका छन्।

यता, प्रतिपक्षी दल नेकपा एमालेले भने यसकाे विराेध गर्ने जनाएकाे छ। एमाले वैवाहिक अंगिकृत नागरिकता ७ वर्षपछि दिनुपर्ने पक्षमा छ।यसैगरी, गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।