काठमाडाैँ । गणपति वनस्पती प्रालिले काठमाडौं इन्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रालिले डा. भगवान कोइरालाको नेतृत्वमा स्थापित सो संस्थालाई सहयोग गरेको हो । जेठ ३० गते एक कार्यक्रमका गर्दै अस्पतालका अध्यक्ष डा. कोइराला, लक्की ग्रुपका अध्यक्ष सतिशकुमार मोर, उपाध्यक्ष श्रवणकुमार मोर तथा राजकुमार मोर, म्यानेजिङ डाइरेक्टर अमित मोर, तथा डाइरेक्टरहरू अनन्ता मोर र राजीव मोरको उपस्थितिमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो ।
गणपती वनस्पती प्रालि विगत २५ वर्षदेखि सञ्चालनमा रहेको कम्पनी हो । कम्पनीले सञ्चालनको विभिन्न काल खण्डमा स्वदेश तथा विदेशमा विपद व्यवस्थापन, वैज्ञानिक आविष्कार, विद्यालय, धार्मिक मठ मन्दिर, बाढीपहिरो, विपन्नको उपचार, भौतिक पूर्वाधारको लागि सहयोग गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १३ : १२
लेखकबाट थप