ओखलढुंगामामा १२ वर्षीया बालिकामाथि बलात्कार आरोपमा ३ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १२ : ५९
ओखलढुंगामामा १२ वर्षीया बालिकामाथि बलात्कार आरोपमा ३ जना पक्राउ

 ओखलढुङ्गा  । ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका–२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् ।

ती बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई गत वैशाख २७ गते उनीहरुले सोही नगरपालिका–११ मा बलात्कार गरेको प्रहरीले जनाएको छ ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस