नर्सिङ कलेज बन्द गरेको छैन : शिक्षामन्त्री पौडेल

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १२ : ४०
नर्सिङ कलेज बन्द गरेको छैन : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दुर्व्यसनमा लागेका युवाहरूलाई छुटकारा दिन ७ वटै प्रदेशमा स्काउटमार्फत टास्क फोर्स गठन गर्ने बताएका छन्। मंगलबार आव २०७९/८० को मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले १२ हजार युवाहरुलाई स्वरोजगार बनाउन सहुलियत कर्जा उपलब्ध गराउने पनि बताए ।

शिक्षामन्त्री पौडेलले आर्थिक वर्षमै खेलाडीहरूको बिमा गरिने र एक विद्यालय एक खेल मैदान प्रस्ताव गरिएको बताए । त्यस्तै,उनले कुनै पनि नर्सिङ कलेज बन्द नगरिएको र नर्सिङ पढाइ भइरहेको जवाफ दिए।

‘नर्सिङ बन्द गरिएको छैन,क्याम्पसलाई स्तरीय बनाउन १०० बेडको व्यवस्था हुनुपर्छ, पढाइ जारी छ,बन्द छैन्,’उनले भने।  ७५३ पालिकामा खेलकुद मैदान पुर्‍याउने उद्देश्य रहेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस