काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको ईश्वरपुर नगरपालिकाका २ जना जनप्रतिनिधिलाई काम गर्न नदिने निर्देशन दिएको छ। आयोगले ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्षमा पुन:निर्वाचित राम दुलार साह र वडा सदस्य उमेश रायलाई काम गर्न नदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र ईश्वरपुर नगरपालिकालाई लेखी पठाएको हो।
यसअघि पनि उक्त वडाध्यक्ष र वडा सदस्य रहेका दुवै जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ।
उनीहरुले सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियारले १ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै १४ पुस २०७८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। राष्ट्रसेवक र सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा मुद्दाको किनारा नलागेसम्म ती व्यक्ति स्वत: निलम्बित हुने भएकाले उनीहरुलाई काम गर्न नदिने अख्तियारले निर्देशन दिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, ११ : ३१
लेखकबाट थप