जलेश्वर । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुंगेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते ढुंगेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही घटनामा परेर टेम्पो चालक बर्दिबास–३ का ४५ वर्षीय ओमबहादुर लुंगेली, सोही ठाउँ बस्ने ४२ वर्षीय यादवकुमार ढुंगेल, २९ वर्षीया पवित्रा आचार्य, आठ वर्षीया करिष्मा ढुंगेल, सिन्धुली जिल्ला दुधौली नगरपालिका–२ का ३५ वर्षीय पुरुषोत्तम चालिसे र ३९ वर्षीया पवित्रा चालिसे घाइते भएका छन् । उनीहरूको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।
गए राति बर्दिबास–३ स्थित स्मृतिपार्कनजिकैबाट पाटुतर्फ जाँदै गरेको ज१ह ३५०१ नम्बरको टेम्पोलाई विपरीत दिशाबाट आउँदै गरकोे नम्बर नखुलेको बोलेरो पिकअपले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा अटो ठोकिँदा महिलाको मृत्यु
ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
सर्पको डसाइबाट महिलाको मृत्यु
सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु