काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज (जेष्ठ ३१ गते, मंगलबार) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक १०.१५ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले जेठ ३१ गतेदेखि ५ बर्ष अवधि रहेको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ निष्काशन तथा बिक्री खुला गरेको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगतका लागि छुट्याईको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमा सामूहिक लगानी कोषहरुले आवेदन नदिएको बैंकले जनाएको छ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, ११ : ०५
लेखकबाट थप