बढेन बैंकहरूको व्याजदर

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १० : ५८
बढेन बैंकहरूको व्याजदर

काठमाडौँ । वाणिज्य बैंकहरूले असारका लागि पूरानै ब्याजदरलाई निरन्तरता दिएका छन् ।वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गरेको सहमति अनुसार पूरानै ब्याजदरलाई निरन्तरता दिएका हुन् । आर्थिक वर्षको अन्तिम महिना पनि भएकाले पुरानैलाई निरन्तरता दिने सहमति अनुसार असारका लागि बैंकहरुले मंगलवार पूरानै ब्याज प्रकाशित गरेका छन् ।

अहिले वाणिज्य बैंकहरुले साधारण मुद्दतिमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका छन । बैंकहरूले संस्थापकलाई १०.०३ र रेमिटेन्सलाई १२.०३ प्रतिशत ब्याज दिँदै आएका छन् ।  यही ब्याज असारमा पनि निरन्तर गरिएको हो ।

बैंकहरूले आगामी महिना लागू हुने ब्याज त्यसअघि अर्थात मसान्तका दिन प्रकाशित गरिसक्नुपर्छ । त्यही अनुसार आज जेठ मसान्तका दिन असारको ब्याज प्रकाशित गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस