त्रिचन्द्रका विद्यार्थीकाे प्रश्न – प्रधानमन्त्री ज्यु, तपाईँले पढेको कलेज कहिले बन्ने?

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १० : ५१
त्रिचन्द्रका विद्यार्थीकाे प्रश्न – प्रधानमन्त्री ज्यु, तपाईँले पढेको कलेज कहिले बन्ने?

काठमाडौँ । त्रिचन्द्र कलेजको भवन पुनः निर्माण गर्नुपर्ने माग राख्दै विद्यार्थीहरूले कलेज अगाडि पुस्तक पढेर सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।

पुराना भवनहरू जीर्ण भएको र पठनवाठनका लागि कक्षा कोठापनि कम भएका कारण आफूहरूले असुविधा झेल्नु परेको बताउँदै विद्यार्थीहरूले आज मंगलबार कलेज अगाडि पुस्तक पढेर सरोकारवालाहरूको ध्यानाकर्षण गराएका हुन्।प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा लगायत देशका उच्च पदस्त व्यक्तहरूले अध्ययन गरेको सो कलेजको हालत यस्तो हुनु लाजमर्दो र गौरजिम्मेवार भएको सहभागीहरूको भनाइ रहेको छ।कलेजलाई रक्षा गर्न माग गर्ने ती विद्यार्थीहरूलेः प्रधानमन्त्री ज्यु, तपाईँले पढेको कलेज कहिले बन्ने?, सेभ त्रिचन्द्र, भ्यु टावर चै बन्ने त्रिचन्द्र नबन्ने लगायतका पम्प्लेट बोकेका छन्।

 

प्रतिक्रिया दिनुहोस