दोर्दी खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १० : १५
दोर्दी खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ ३१ गते) अन्तिम दिन हो ।

कम्पनीले जेठ २६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १७ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । कम्पनीको आईपीओमा आज जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर एप वा वेबसाइटमार्फत पनि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको आईपीओमा ६.४० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझसम्ममा ११ लाख १४ हजार ८०६ जना आवेदकले १ अर्ब २९ करोड ३२ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ३२ हजार ६७० कित्ता शेयरका लागि आवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस