बस र ट्याक्सी ठोक्किँदा चार जना घाइते

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, ०९ : २५
बस र ट्याक्सी ठोक्किँदा चार जना घाइते

काठमाडौं । काकड्भिट्टाबाट काठमाडौं आउदै गरेको बस र काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी धादिङको थाक्रेमा आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । 

सो दुर्घटनामा टयाक्सीमा सवार ४ जना घाईते भएका छन्  ।  उनीहरुको गल्छिस्थित अम्बिभरोसा हस्पिटलमा सामान्य उपचार पछि काठमाडौं लगिएको छ । 

बसले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ । बसलाई सिम्ले चौकीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस