काठमाडौँ । मंगलबार प्रदेश १ र मधेस प्रदेशमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार बिहान गण्डकी, बागमती, मधेश र प्रदेश १ का धेरै स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १ र मधेसका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहको महाशाखाले जनाएको छ। त्यस्तै, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। हाल देशका धेरैजसो स्थानमा मौसमी वायुको प्रभाव रहेकोले धेरैजसो स्थानमा वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना