चितवन । चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा हिजो साँझ कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएकी छन् । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन् ।
गैरीबारी रिसोर्ट तर्फ जाँदै गरेको बा २० च ४११४ नम्बरको कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही कारको ठक्करबाट गम्भीर घाइते भएकी स्थानीय ५५ बर्षीया राधिका बोटेको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
हिजो साँझ पौने ६ बजे भएको सवारी दुर्घटनामा संलग्न कार चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु