नेशन्स लिगमा स्पेन र स्विट्जरल्याण्ड विजयी

सफल खबर संवाददाता

सोमबार, ३० जेठ २०७९, ११ : २९
नेशन्स लिगमा स्पेन र स्विट्जरल्याण्ड विजयी

काठमाडौं । युएफा नेशन्स लिग फुटबलमा स्पेनले चेक रिपब्लिकलाई २–० ले पराजित गरेकाे छ ।

स्पेनको मालागामा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन कार्लोस सोलर र पाब्लो साराबियाले एक एक गोल गरेका थिए। जितसँगै स्पेनले नेशन्स लिगको समूह ए–२ मा अग्रता लिएको छ ।

स्पेनको ४ खेलबाट ८ अंक भएको छ । समान खेलबाट ७ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा रहेकाे छ । आइतबार रातिको खेलमा पोर्चुगललाई स्विट्जरल्यण्डले १–० ले पराजित गरेकाे हाे । स्विट्जरल्याण्डको जेनेभामा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन ह्यारिस सेफेरोभिचले निर्णायक गोल गरेका थिए ।

युएफा नेसन्स लिगकै अन्य खेलहरुमा नर्वेले स्विडेनलाई ३–२ ले पराजित गर्दा ग्रिसले कोसोभोलाई २–० ले तथा नर्थ मेसेडोनियाले जिब्रल्टारलाई ४–० ले पराजित गराएका छन् ।

प्रतिक्रिया दिनुहोस