नेपालगञ्जमा गठबन्धनले निकाल्यो विजयी जुलुस

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, १२ : २४
नेपालगञ्जमा गठबन्धनले निकाल्यो विजयी जुलुस

 

नेपालगञ्ज। नेपालगञ्जमा सत्ता साझेदार गठबन्धनले विजयी जुलुस निकालेका छन्।

नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त मेयर र जसपाका कमरुद्दिन राई उपमेयरमा निर्वाचित भएपछि सत्ता साझेदार सबै दलले शनिबार बिहान नेपालगञ्जमा विजयी जुलुस निकालेका हुन्।नाकास्थित पिप्रहवाबाट निस्केको विजयी जुलुसले नेपालगञ्ज परिक्रमा गरेको थियो। बिपीचोकमा पुगेपछि मेयर विष्ट र उपमेयर राईले बिपीको शालिकमा माल्यार्पण गरेका थिए।

विजयी जुलुसमा नेपालगञ्ज समेटिएको क्षेत्र नं. २ का सांसद मो. इस्तियाक राई, नेपालगञ्जबाट प्रदेश सांसद सुरेन्द्र हमाललगायतका नेताहरूको उपस्थिति थियो।सपथ ग्रहण गरिसकेका निर्वाचित पदाधिकारीले आइतबार पदभार ग्रहण गर्दैछन्। नेपालगञ्जमा जसपाले ६, कांग्रेस र एमालेले ५-५, माओवादी केन्द्रले ४ र राप्रपाले ३ वटा वडा जितेको छ।

प्रतिक्रिया दिनुहोस