काठमाडाैँ महानगर- ८ मा कांग्रेसको प्यानलै निर्वाचित

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, ११ : ५९
काठमाडाैँ महानगर- ८ मा कांग्रेसको प्यानलै निर्वाचित

काठमाडाैँ महानगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत अध्यक्षमा विजय भएका छन्।सङ्गतले नेकपा एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन्। उनको प्यानल नै निर्वाचित भएको हो।

सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरेका छन्। त्यसैगरी, सदस्यमा शेखर देउला र सलोनी वडारी विजय भएका छन्। महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजय भएका हुन्।

हाल कामपा वडा नम्बर १, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। त्यसैगरी, वडा नम्बर ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना कार्य जारी छ।कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस