स्थानीय तह निर्वाचन

डडेल्धुराकि लिलाकुमारी धामी नेपालकै कान्छी महिला सदस्यमा निर्वाचित

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, ११ : ४०
डडेल्धुराकि लिलाकुमारी धामी नेपालकै कान्छी महिला सदस्यमा निर्वाचित

काठमाडौं । डडेल्धुरा परशुराम नगरपालिका - ८ कि लिलाकुमारी धामीले २१ वर्षको उमेरमै नेपालकै कान्छी महिला सदस्यमा निर्वाचित भएकी छिन् ।धामी  नेपाली कांग्रेसबाट परशुराम  नगरपालिकाको वडा– ८ महिला सदस्यमा निर्वाचित भएकी हुन । २०५८ मा जन्मेकी उनी डडेल्धुरा जिल्लाकै ५२ वडा मध्येको कान्छी उनी डडेल्धुराका ७ वटा स्थानीय तहकै सबैभन्दा ठूलो नगरपालिका परशुराम नगरपालिका –८ करेनीबाट महिला सदस्यमा निर्वाचित भएकी हुन ।

 उनले ३४९ मत सहित बिजयी भएकी हुन भने उनकी प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रीकी रतना बोहरालाई १७ मतले पराजित गर्दै उनी विजयी भएकी हुन माओवादी केन्द्रकि रतना ३३२ प्राप्त गरेकी हुन । जिल्लाका ५२ वटा वडा रहेको मध्ये महिला वडा सदस्यमा पदमा विजयी हुने लिला नै सबैभन्दा कान्छी उम्मेदवार हुन् ।

बिएड दोस्रो वर्षमा पढ्दै गरेकी लिलाले  समाज रुपान्तरण, महिला शसक्तीकरण,लैङ्गकि हिंसाकुरा समाजबाटै न्यूनीकरण गर्ने बताईन् । महिला मैत्री बजेटका कुरालाई व्यवस्थित गर्नेजस्ता कार्य प्राथमिकता साथ अघि बढाउने आफ्नो योजना रहेको बताएकी छिन् । उनले निर्वाचनमा विजयी पछि समाजले झनै जिम्मेवारी थपिएकाले जनताको सेवक भए काम गर्ने बताईन् ।

उनी त्रिवेणी बहुमुखी क्याम्पस जोडबूडा नेविसंघ उपसभापति पनि हुन ।

प्रतिक्रिया दिनुहोस