'पहिला जोसँग हारे अहिले उसैलाई हराए'

रासस

शुक्रबार, ०६ जेठ २०७९, ०८ : ४३
'पहिला जोसँग हारे अहिले उसैलाई हराए'

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका नेकपा (एमाले) का बेगप्रसाद गर्बुजाले त्यतिबेलाकै प्रतिस्पर्धीलाई पराजित गरेका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई गर्बुजाले पराजित गरेका हुन् । 

विसं २०७४ मा रोकाले गर्बुजालाई ८५ मतले पराजित गरेका थिए भने यसपटकको १२१ मतान्तरले हराउँदै जित हासिल गरेका हुन् । गर्बुजाले ३ हजार ९१, रोकाले २ हजार ९७० र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले २ हजार २२५ मत प्राप्त गरेका छन् । १३ हजार २०१ मतदाता रहेको मालिकामा ८ हजार ८४५ मत खसेको थियो । 

कूल ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा एमालेले २२ वडासहित चार स्थानीय तहमा प्रमुख, तीन स्थानीय तहमा उपप्रमुख, कांग्रेसले १७ वडासहित दुई स्थानीय तहमा प्रमुख र एउटामा  उपप्रमुख तथा माओवादी केन्द्रले ६ वडासहित दुई स्थानीय तहमा उपप्रमुखमा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस