कैलालीको भजनीमा नागरिक उन्मुक्ति पार्टी विजयी

रासस

शुक्रबार, ०६ जेठ २०७९, ०७ : ३८
कैलालीको भजनीमा नागरिक उन्मुक्ति पार्टी विजयी

भजनी । कैलालीको भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा केवललाल चौधरी र उपप्रमुखमा राजु तिरुवा निर्वाचित भएका हुन् ।  

केवललालले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का शेरबहादुर चौधरीलाई पराजित गरेका छन् । उनले ७ हजार ४७५ मत ल्याउदै विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुरले ३ हजार ८७१ मत प्राप्त गरे ।

नगर उपप्रमुखमा निर्वाचित तिरुवाले नेपाली कांग्रेसका गोकर्ण भण्डारीलाई पराजित गर्न सफल भएका छन् ।  तिरुवाले ६ हजार २२५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी भण्डारीले ३ हजार ५३७ मत प्राप्त ल्याए । 

भजनीमा नागरिक उन्मुक्ति पार्टीले तीन वडामा जित हासिल गरेको छ । त्यसैगरी गठबन्धनले चार र एमालेले दुई वडामा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस