हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट र उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली विजयी भएका हुन् ।
जम्मा २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्णु विष्टले ९ हजार ७१९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७७१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६०७ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत प्राप्त गरिन् । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३र३ वटा वडामा विजय हासिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामूहिक राजीनामा दिने हेटौंडाका चिकित्सकको चेतावनी
हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन
६ वर्षदेखिको हेटौंडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनको अवरोध हटाउने प्रयास