स्थानीय तह निर्वाचन

काठमाडौँमा मतान्तर बढाउँदै बालेन्द्र, दोस्रो स्थानका स्थापित ३५ सय मतले पछि

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १७ : ०४
काठमाडौँमा मतान्तर बढाउँदै बालेन्द्र, दोस्रो स्थानका स्थापित ३५ सय मतले पछि

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अप्रत्यासित रुपमा मतान्तर झन् बढाउँदै लगेका छन् । 

राष्ट्रियसभा गृहमा जारी मत गणनाको पछिल्लो पटक सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्रले ७ हजार ५३५ मत ल्याएका छन् । जुन दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा ३५ सय मत बढी हो । स्थापितले हालसम्म ३ हजार ९८२ मत प्राप्त गरेका छन्।

साथै गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ४८६ मत ल्याएर तेस्रो स्थानमा छिन् । महानगरपालिकामा अहिले ३,४,५,३१ र ३२ वडाको मतगणना कार्य भइरहेको छ। वडा नम्बर १ र २को गणना भने सकिसकेको छ। 

प्रतिक्रिया दिनुहोस