स्थानीय तह निर्वाचन

गोरखामा कांग्रेसका उम्मेद्वारमाथि पैसा बाँड्दै हिँडेको आराेप

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १२ : २७
गोरखामा कांग्रेसका उम्मेद्वारमाथि पैसा बाँड्दै हिँडेको आराेप

गोरखा । गोरखामा नेपाली कांग्रेसका उम्मेद्वारसहित गाडीलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका छन् । 

बिहीबार गण्डकी गाउँपालिका-५ दर्बुङबाट कांग्रेसका वडा सदस्य उम्मेद्वार रत्नमान श्रेष्ठसहितकाे टोलीलाई स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् । मौन अवधिमा गाडी भाडामा लिएर मतदातालाई पैसा बाँड्न हिँडेको आराेप लगाउँदै माओवादी निकट स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् ।

श्रेष्ठ गण्डकी गापा-५ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्य पदका उम्मेद्वार हुन् । उनीसँगै सो वडाका कांग्रेस वडा सचिव जीवनाथ खनाल, बहादुर गुरुङ लगायतको टोली बा२०च ४४०० नम्बरको बोलेरो जीपमा सवार थिए । 

स्थानीयले खबर गरेलगत्तै घ्याल्चोक प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको र जीप नियन्त्रणमा लिएको इन्स्पेक्टर ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘स्थानीयले फोन गरेपछि हाम्रो टोली घटनास्थल पुगेको थियो । ६ जना कांग्रेसका टोली जीपमा रहेछन् । उनीहरूलाई छाडेर जीप नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ’, श्रेष्ठले भने । 

प्रतिक्रिया दिनुहोस