रुसी सेनाले युक्रेनको डोनबास क्षेत्रमा रहेको नोभोसेलोभ्का नियन्त्रणमा लिएको त्यहाँका स्थानीयहरूले खबर दिएका छन् ।
हिजै मात्र रुसले शानद्रिगोलोभो पनि हात पारिसकेको छ । यसपछि रुस र उसका साझेदारहरूले त्यस क्षेत्रमा तैनाथ युक्रेनी सैनिकहरूलाई दुई भागमा विभाजन गर्न सफल भएका छन् । अब महत्त्वपूर्ण लाइमान क्षेत्रमा युक्रेनी सेनाले भारी उपकरण आपूर्ति गर्न नसक्ने भएको छ ।
स्लाभयान्स्क जाने बाटोको पुल ध्वस्त भइसकेको छ र त्यता जाने राजमार्गमा रुस र साझेदार सैनिकहरूले गोलीबारी गरिरहेका छन् । सेभेरोडोनेत्स्क लिसिचान्स्क क्षेत्र र वरिपरिका इलाकालाई रुसले पूर्ण घेराबन्दी गर्न लागेको छ । अब लिसिचान्स्क जाने एउटै बाटो आर्त्योमोव्स्क (बाखमुत) मार्फत बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, ११ : ३२
लेखकबाट थप