काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीकै भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सयले बढेको छ।
सुन मुल्य तोलाको ९७ हजार ८ सय कायम भएको छ। यस अघि हिजो एक हजारले घटेर तोलाको ९७ हजारमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुनको मुल्य तोलाको ९७ हजार ३ सय निर्धारण भएको छ।
त्यस्तै चाँदीको मुल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १२ सय पुगेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, ११ : १४
लेखकबाट थप