विज्ञापन बोर्डमा सूचीकृत नभएका मिडियालाई विज्ञापन कारोबार गर्न नदिइने

सफल खबर संवाददाता

शनिबार, १७ बैशाख २०७९, १५ : १७
विज्ञापन बोर्डमा सूचीकृत नभएका मिडियालाई विज्ञापन कारोबार गर्न नदिइने

काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका सञ्चार माध्यमलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था गर्न लागिएको बताए ।

त्यसका लागि बोर्डले तत्काल सबै सञ्चार माध्यामको सूचीकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको उनकोे भनाइ छ । बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईले बताए ।

बोर्डले आगामी वर्ष विज्ञापन बजारको अनुसन्धान गरी उनीहरूको साइज एकीन गर्ने जनाएको छ । आम सञ्चारमाध्यमको लोकप्रियताको समेत एकीन हुने गरी अनुसन्धानको काम सम्पन्न गरी त्यसलाई सार्वजनिक गर्ने बोर्डको योजना छ ।

प्रतिक्रिया दिनुहोस