जिजसलाई अनुबन्ध गर्ने आर्सनलको तयारी

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १५ : ३१
जिजसलाई अनुबन्ध गर्ने आर्सनलको तयारी

काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलले म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिजसलाई अनुबन्ध गर्ने तयारी थालेको छ ।​ आर्सनलका प्राविधिक निर्देशक डाउड गास्परले ब्राजिलियन स्टारसँग अनुबन्धको विषयमा कुरा चलिरहेको बताए ।

जिजसले सिटीका लागि प्रिमियर लिगमा यो सिजन २३ खेल खेल्दै ३ गोल गरेका छन् । च्याम्पियन्स लिग खेल्ने संघारमा पुगेको आर्सनलले जिजस भित्राउने तयारी गरेको हो । आर्सनल प्रिमियर लिगमा ३२ खेल खेलेर ५७ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । यो सिजन आर्सनलको च्याम्पियन्स लिगमा आफूलाई पुगाउने मुख्य लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस