काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस बागमती प्रदेश समितिले प्रदेश अन्तरगतका जिल्लाहरुमा संयोजक तोकेको छ । सभापति इन्द्रबहादुर बानियाँले पार्टी र तालमेल गरिएका दलहरुका उम्मेदवारलाई विजयी गराउन बागमती प्रदेशका १३ जिल्लामा संयोजकहरु तोकेका हुन् ।
नेपाली काँग्रेस बागमती प्रदेशले एक विज्ञप्ति जारी गर्दै उपसभापति चन्द्र महर्जनको संयोजकत्व एवं निर्देशनमा रहने गरी १३ जिल्लाका पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरुसंग समन्वयकारी भूमिका निर्वाह गर्न प्रदेशका पदाधिकारी एवं सदस्यहरुलाई जिल्ला संयोजक तोकिएको जानकारी दिएको छ ।
काँग्रेस बागमती प्रदेशले काभ्रेपलाञ्चोकमा कञ्चनचन्द्र बादे, काठमाडौंमा राजु श्रेष्ठ, चितवन दीर्घमान श्रेष्ठ, ललितपुर ऋषिराम घिमिरे, नुवाकोट जीवन डंगोल, सिन्धुपाल्चोकमा हरिशरण श्रेष्ठलाई जिल्ला संयोजकमा तोकेको छ ।
त्यस्तै भक्तपुर कृष्णलाल भँडेल, मकवानपुर निमा लामा, धादिङ सन्तबहादुर प्रजा, दोलखा प्रभात तामाङ, रसुवा लामाकार्पु तामाङ, सिन्धुली दीपेन्द्र आचार्य र रामेछापमा भद्रा पराजुली भण्डारीलाई जिल्ला संयोजक तोकिएको कांग्रेस बागमती प्रदेश समितिका मुख्य सचिव राजु नेपालले एक विज्ञप्ति जारी गरी सूचित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे काँग्रेसको असन्तुष्टि
कांग्रेसले बोलायो संसदीय दलको बैठक
लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति काँग्रेसको आपत्ति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग