कम्युनिष्ट पार्टीबीचको लडाइँमा काँग्रेस सहभागी बन्न हुँदैन : नेता रिजाल

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १७ : ४०
कम्युनिष्ट पार्टीबीचको लडाइँमा काँग्रेस सहभागी बन्न हुँदैन : नेता रिजाल

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट पार्टीबीचको लडाइँमा काँग्रेस सहभागी बन्न नहुने बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताएका हुन् ।

उनले नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जान नहुने दोहो¥यएका छन् । नेता रिजालले स्थानीय निर्वाचनमा राम्रो परिणाम आएको खण्डमा पुनः कम्युनिष्ट पाटीहरु एकजुट भएर आफ्नो सरकार बनाउने भन्दै उनले काँग्रेसले गठबन्धन नगरी स्थानीय निर्वाचनमा भाग लिएको खण्डमा देश दुर्घटनाबाट जोगिने जिकिर गरे ।

नेता रिजालले एक्ला–एक्लै निर्वाचनमा जाँदा काँग्रेसलाई केही सिट कमी आएपनि देशको भलो हुने बताए । उनले स्थानीय निर्वाचनमा माओवादीले धेरै सिट ल्याएको खण्डमा नेकपा (एमाले) र नेकपा एमालेले धेरै सिट ल्याएको खण्डमा नेकपा माओवादी केन्द्र एक अर्कालाई प्रधानमन्त्रीको प्रस्ताव लिएर जानसक्ने आशंका व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस