बझाङमा एसइईका लागि तोकिए १९ वटा परीक्षा केन्द्र

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १६ : १३
बझाङमा एसइईका लागि तोकिए १९ वटा परीक्षा केन्द्र

काठमाडौं । बझाङमा एसइई परीक्षाका लागि जिल्लाभरि १९ वटा परीक्षा केन्द्र तोकिएको छ। वैशाख ९ गतेदेखि सुरु हुने एसइई परीक्षाका लागि जिल्लामा १९ वटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा समन्वय इकाइ बझाङका सूचना अधिकारी बसन्तबहादुर सिंहले जानकारी दिए।उनका अनुसार दुर्गा भवानी मावि तलकोट, सत्यवादी मावि भोपुर (क), सत्यवादी मावि भोपुर (ख), कुलमष्टोजन मावि भातेखोला, बालविकास मावि गोलाई, जालपा मावि देवल, खप्तड मावि कालुखेती, लामातोला मावि लामातोला, जनप्रिय मावि बगडगाउँ, थलारा मावि खोली, भैरव मावि झोता, चौधारी मावि जुजी, शान्ति मावि चौघानपाटा, बान्निचौर मावि बान्निचौर, चन्द्रोदय मावि भाटशैन, शिक्षोदय मावि बागथला, सुनकुडा मावि चिर, सरोस्वती मावि विजगडा र महादेव मावि अठपालीमा परीक्षा केन्द्र तोकिएको छ।

यस वर्ष बझाङमा ४ हजार ३ सय ५० जना परीक्षार्थी सहभागी हुनेछन्। नियमिततर्फ ४ हजार ५६, एक्जाम्टेड (ग्रेडवृद्धि) तर्फ ४३ र प्राविधिक धारतर्फका २ सय ५१ जना विद्यार्थी सहभागी हुने सूचना अधिकारी सिंहले बताए। कोरोना महामारीका कारण २ वर्षदेखि एसइई हुन सकेको थिएन। दुर्गा भवानी मावि तलकोटबाट १ सय ५३, सत्यवादी मावि भोपुर (क) मा २ सय ७६ जना, सत्यवादी मावि भोपुर (ख) मा जिल्लाभरिका प्राविधिक धारतर्फका विद्यालयबाट २ सय ५१ जना, कुलमष्टोजन मावि भातेखोलामा १ सय ९८ जना, बालविकास मावि गोलाईमा २ सय ५ जना, जालपा मावि देवलमा ३ सय ५३ जना, खप्तड मावि कालुखेतीमा २ सय ९ जना, लामातोला मावि लामातोलामा १ सय ५ जना सहभागी हुनेछन्।

जनप्रिय मावि बगडगाउँमा १ सय २८ जना, थलारा मावि खोलीमा १ सय ७९ जना, भैरव मावि झोतमा २ सय ९७ जना, चौधारी मावि जुजीमा १ सय ३८ जना, शान्ति मावि चौघानपाटामा १ सय ७३ जना, बान्निचौर मावि बान्निचौरमा १ सय ९४ जना, चन्द्रोदय मावि भाटशैनमा १ सय ९४ जना, शिक्षोदय मावि बागथलामा ३ सय ६२ जना, सुनकुडा मावि चिरमा ३ सय ९ जना, सरोस्वती मावि विजगडामा २ सय ९१ जना र महादेव मावि अठपालीमा २ सय ९४ जना गरी ४ हजार ३ सय ५० जना विद्यार्थीहरू सहभागी हुनेछन्।

जिल्लामा वैशाख ६ गते १९ वटै परीक्षा केन्द्रका केन्द्रध्यक्षको अभिमुखीकरण भएको छ। पछिल्लो समय मोबाइलको प्रयोग तथा परीक्षा हलमा मोबाइल लैजाँदा प्रश्नपत्र बाहिरिने भएकाले रोक्नका लागि केन्द्राध्यक्षलाई कसैले परीक्षामा मोबाइल ल्याइएको भेटेमा परीक्षा अवधिभरि मोबाइल नियन्त्रणमा लिएर नदिन जिल्ला परीक्षा नियन्त्रण समितिले निर्णय गरेको छ।परीक्षा शान्त, मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको समेत सिंहले बताए।

 

 

प्रतिक्रिया दिनुहोस