विपन्नलक्षित छात्रवृत्तिको फाराम भर्ने आज अन्तिम दिन

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १६ : ००
विपन्नलक्षित छात्रवृत्तिको फाराम भर्ने आज अन्तिम दिन

काठमाडौं । विपन्नलक्षित छात्रवृत्तिको फाराम भर्ने बुधबार अन्तिम दिन रहेको छ ।

सरकारले २०७८/७९ मा सामुदायिक विद्यालयका माध्यमिक तह (कक्षा ९–१२) मा अध्ययनरत विद्यार्थीलाई विपन्नलक्षित छात्रवृत्ति दिन सूचना प्रकाशित गरेको थियो ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत वर्षको फागुन १ देखि चैत ३० गतेसम्म फाराम भर्न सूचना प्रकाशित गरेको हो । उक्त प्रयोजनका लागि विद्यालयले कक्षा–८ र १० मा अध्ययनरत विद्यार्थीहरूको ‘प्रोक्सी मिन्स टेस्टिङ’ भरेर केन्द्रलाई पठाउनुपर्ने थियो । तर, विवरण आउनेक्रम जारी रहेपछि केन्द्रले सात दिन समय थपेको थियो ।

थप गरेको समयको आज अन्तिम दिन हो । फाराम केन्द्रको वेबसाइट (www.cehrd.gov.np) मा गएर भर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस