बझाङको वित्थडचिरको अध्यक्ष र उपाध्यक्षमा श्रीमान्-श्रीमती आकांक्षी

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १५ : ३८
बझाङको वित्थडचिरको अध्यक्ष र उपाध्यक्षमा श्रीमान्-श्रीमती आकांक्षी

काठमाडौं ।बझाङमा श्रीमान्-श्रीमतीले नै पालिकाको अध्यक्ष र उपाध्यक्षका लागि आकांक्षा देखाएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि बझाङमा दाबेदारी प्रस्तुत भइरहँदा वित्थडचिर गाउँपालिकाको अध्यक्ष श्रीमानले आकांक्षा राख्दा श्रीमतीले उपाध्यक्षका लागि आकांक्षा देखाएकी छन् ।

वित्थडचिर गाउँपालिकाको अध्यक्षका लागि वडा नम्बर ९ का वडाध्यक्षसमेत रहेका कलकबहादुर विष्ट आकांक्षी हुन् । उनकै श्रीमती राजेश्वरी विष्टले पनि वित्थडचिर गाउँपालिकाको उपाध्यक्ष लड्ने घोषणा गरेकी छन् । विष्ट दम्पतीले पालिकाको अध्यक्ष र उपाध्यक्षका लागि नेकपा एमालेबाट आकांक्षा देखाएको नेकपा एमाले वित्थडचिर गाउँ कमिटीले जनाएको छ ।

नेकपा एमाले वित्थडचिर गाउँ कमिटीका अनुसार विष्ट दम्पतीलाई सहमत गराउने प्रयास गरेको भए पनि सहमती गराउन नसक्दा दुवै जनाको नाम सिफारिस गरि जिल्ला कमिटीमा पठाउने तयारी गरिएको छ । दुवै जनाले आकांक्षा देखाएपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।

 

प्रतिक्रिया दिनुहोस