गनवीर बुढा मगरको 'लाली गुराँस' सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १३ : ३८
गनवीर बुढा मगरको 'लाली गुराँस' सार्वजनिक

काठमाडौं ।गनवीर बुढा मगरको शब्द, संगीत तथा एकल स्वर रहेको लाली गुराँस बोलको गीत सार्वजनिक भएको छ। शिव बराइलीको निर्माणमा बनेको भिडियो सहितको गीत गनवीरकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। 

शृंगारिक भावमा लेखिएको गीतको भिडियो निर्देशन विकल रानापहेली र राम अविरल बिष्टले संयुक्त रूपमा गरेका हुन्। जसमा गायक स्वयम् र अकस्टिक गिटारिस्ट पुरन दियाली देखिएका छन्। जसको छायांकन तथा सम्पादन राज मल्लले गरेका हुन्। 

गनवीर भ्वाइस अफ नेपालको तेस्रो संस्करणका प्रतियोगी पनि हुन्। उक्त प्रतियोगितामा उनी नकआउट राउण्डसम्म पुगेका थिए।

प्रतिक्रिया दिनुहोस