काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसमम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको दैनिक बुलेटिनअनुसार बुधबार राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। तर, प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाले अहिले बिहान भने प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको उल्लेख गरेको छ । पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । यस्तै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
नेपालमा प्रवेश गर्यो मनसुन, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?