माओवादी नेता खुमलटारमा, चुनावी तालमेलबारे छलफल गर्दै

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १२ : ४३
माओवादी नेता खुमलटारमा, चुनावी तालमेलबारे छलफल गर्दै

काठमाडौं ।नेकपा माओवादी केन्द्रका नेताहरु खुमलटारस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भेला भएका छन् ।उनीहरु स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न भेला भएका हुन् ।खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यहरु भेला भएका हुन् । 

सोमबार बसेको गठबन्धन बैठकले स्थानीय तहमा तालमेललाई टुंगो लगाउन सकेको थिएन । सोमबार नै पत्रकार सम्मेलन गर्दै प्रचण्डले यसको टुंगो लाग्ने दाबी गरेका थिए ।
आज बोलाइएको गठबन्धनको बैठक भने नेपाली कांग्रेसले केही समय मागेकाले साँझसम्मका लागि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस