रुसले डोनबासमा आक्रमण थालेपछि अमेरिकाले डाक्यो आकस्मिक बैठक

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १२ : ०२
रुसले डोनबासमा आक्रमण थालेपछि अमेरिकाले डाक्यो आकस्मिक बैठक

रुसी सैनिकहरूले युक्रेनको डोनबास क्षेत्रमा नयाँ आक्रमण थालेपछि अमेरिकाले विश्वनेताहरूसँग आकस्मिक बैठक गर्ने भएको छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडनले मंगलवार फ्रान्स, जर्मनी, बेलायत, क्यानडा, इटली, पोल्यान्ड र रोमानियाका नेताहरूसँग बैठक गर्न लागेका हुन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्ग पनि उक्त बैठकमा सहभागी हुनेछन् । रुसीहरूले डोनबासमा रहेका ६० हजारभन्दा बढी युक्रेनी सैनिकहरूलाई निकै ठूलो जोखिम तेर्स्याएपछि अमेरिकाले हतारहतार बैठक डाकेको हो । ती युक्रेनी सैनिकहरूलाई अमेरिका र नेटोले वर्षौंदेखि तालिम दिँदै आएका थिए । 

रुसलाई अप्ठ्यारोमा पार्नका लागि पश्चिमले डोनबासमा वर्षौंदेखि लगानी गर्दै आएको छ । त्यसक्रममा उसले अर्बौं डलर खर्च गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस