काउन्सिल अध्यक्ष बस्नेत भन्छन्- सामाजिक सञ्जाल र अनलाइनका सामग्रीलाई सूक्ष्मरूपले नियालिरहेका छाैँ

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, ११ : ४९
काउन्सिल अध्यक्ष बस्नेत भन्छन्- सामाजिक सञ्जाल र अनलाइनका सामग्रीलाई सूक्ष्मरूपले नियालिरहेका छाैँ

काठमाडौं ।प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जाल र अनलाइन मिडियामा प्रकाशन/प्रशारण हुने सामग्रीलाई आफूले सूक्ष्मरूपले नियालिरहेकाे बताए ।

स्थानीय तह निर्वाचनकाे सन्दर्भमा निर्वाचन आयाेग र मिडियाबीच आज भएकाे अन्तर्क्रियामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाले चुनावी आचारसंहितामा पालना गरे/नगरेको विषयलाई मसिनाे रूपले हेरिरहेकाे बताए । 

उनले निर्वाचनका विषयमा चलाइएका हल्लालाई सामाजिक सञ्जाल प्रयाेगकर्ता र मिडियाले प्राथमिकता दिन नहुने बताए । 'यो निर्वाचन कुनै पनि हालतमा रोकिनु हुँदैन । तोकिएको निर्वाचन समयमै हुनुपर्छ । मिडियाले निर्वाचन हुँदैन कि भन्ने हिसाबले बंग्याएर लेख्न हुँदैन । आचारसंहिताको कुरो छ। सबैले पुर्ण पालना गरिदिनु होला', उनले भने । 

सञ्चारमाध्यमको अनुगमन, मूल्याङ्कन गरी मर्यादित तथा जिम्मेवार बनाउने उद्देश्यले प्रेस काउन्सिल नेपाल सक्रिय छ । 

प्रतिक्रिया दिनुहोस