रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई झुकाउने पश्चिमको प्रयास विफल

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, ११ : १२
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई झुकाउने पश्चिमको प्रयास विफल

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई झुकाउने पश्चिमको प्रयास विफल भएको बताएका छन् । 

रुसले पश्चिमबाट लगाइएको प्रतिबन्धबाट अभूतपूर्व दबाबलाई सफलतापूर्वक सहेको पनि उनले बताए । बीचमा केही समय सुस्त भए पनि रुसमा वस्तुको माग सामान्य अवस्थामा फर्किसकेको पुटिनको भनाइ छ । 

पश्चिमले प्रतिबन्धमार्फत रुसको बैंकिङ प्रणालीलाई धराशायी बनाउने र वस्तुहरूको अभाव गराउने प्रयास गरेको भए पनि त्यो पूरै विफल भइसकेको पुटिनले दाबी गरे । देशमा मागलाई समर्थन गर्नुपर्ने र घट्न दिन नहुने पनि उनको भनाइ छरुसी उत्पादनलाई महत्त्व दिनुपर्ने र महंगीबाट रुसीहरूलाई मुक्त गर्नुपर्ने पनि पुटिनले बताए । 
 

प्रतिक्रिया दिनुहोस