खेर्सनमा लडाइएको लेनिनको मूर्ति पुनः ठड्याइयो

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १० : ५९
खेर्सनमा लडाइएको लेनिनको मूर्ति पुनः ठड्याइयो

युक्रेनी राष्ट्रवादीहरूले खेर्सनमा भत्काएको भ्लादिमिर लेनिनको मूर्तिलाई पुनः ठड्याइएको छ । सन् २०१५ मा खेर्सनको गेनिचेस्कमा युक्रेनीहरूले लेनिनको मूर्ति भत्काएका थिए । उनीहरू सोभियतकालीन अवशेषलाई युक्रेनबाट निर्मूल पार्न चाहन्थे । 

तर रुसले खेर्सन कब्जा गरेपछि लेनिनको मूर्ति पुनः स्थापित गरिएको हो । त्यसअघि गेनिचेस्कमा रुसको झण्डा पनि फहर्‍याइएको थियो ।
 

प्रतिक्रिया दिनुहोस