नबिल बैंकले नौ महिनामा ३ अर्ब ३५ करोड नाफा कमायो

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १० : ३४
नबिल बैंकले नौ महिनामा ३ अर्ब ३५ करोड नाफा कमायो

काठमाडौँ । नबिल बैंकले चालु आव २०७८/७९ को ९ महिना (चैत मसान्तसम्म) मा  ३ अर्ब ३५ करोड २० लाख नाफा कमाएको छ । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण उक्त तथ्याङ्क उल्लेख छ । 

गत आवको सोही अवधिसम्म बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपियाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.३० प्रतिशत बढेको छ भने निष्क्रिय कर्जा ०.४८ प्रतिशतबाट बढेर १.१४ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २४ रुपियाँ १६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९० रुपियाँ २९ पैसा रहेको छ । 

वित्तीय विवरणमा उल्लेख भए अनुसार पछिल्लो ९ महिनामा बैंकको चुक्ता पूँजी ३३.६० प्रतिशत बढेको छ । जगेडा कोष १६.५६ प्रतिशत घटेको तथा निक्षेप ४.८१ प्रतिशत रकर्जा १२.१० प्रतिशतले बढेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस