काठमाडौं । नेपाली कांग्रेसले प्रदेश डेस्क स्थापना गरेको छ। आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरी कांग्रेसले प्रदेश डेस्क स्थापना गरेको हो।
पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठन भएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निणर्यअनुसार आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा 'प्रदेश डेस्क' स्थापना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार डेस्क संयोजनमा सात जना महामन्त्रीलाई जिम्मेवारी दिइएको छ। जसअनुसार प्रदेश १मा जीवन परियार, मधेश प्रदेशमा भीष्मराज आङ्दम्वे, बागमती प्रदेशमा फरमूल्लाह मंसुर, गण्डकी प्रदेशमा महालक्ष्मी उपाध्याय 'डिना, लुम्बिनी प्रदेशमा महेन्द्र यादव, कर्णली प्रदेशमा बद्री पाण्डे र सुदुरपश्चिम प्रदेशमा किशोरसिंह राठौरलाई संयोजक तोकिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ बैशाख २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे काँग्रेसको असन्तुष्टि
कांग्रेसले बोलायो संसदीय दलको बैठक
लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति काँग्रेसको आपत्ति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग